
काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र एभरेष्ट बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले हस्ताक्षर गरे ।
बिगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको एभरेष्ट बैंकवीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।
यस सहकार्यले एभरेष्ट बैंकको मोबाइल बैकिङ प्रयोगकर्ताले ईबीएल टच ट्वान्टीफोर ( एप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्तानी गर्न सक्छन् भने एभरेष्ट बैंक मार्फत विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् ।
प्रतिक्रिया 4