
१३ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन् ।
उनले ४० हजार ७८८ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए ।
यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् ।
२०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार आउने प्रतिनिधिसभामा भने देखिने छैनन् ।
एमाले नेतृ भगवती चौधरीलाई पछिल्लो दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छदार उनै चौधरीसँग यो पटकको निर्वाचनमा पराजित भएका हुन् ।
चौधरीलाई २०७० मा भएको दोस्रो संविधानसभामा ३६२ मतले र पछिल्लो २०७४ को निर्वाचनमा ३२१ मतले गच्छदारले पराजित गरेका थिए । तर, यो पटक भने भगवतीले गच्छदारलाई ५ हजार बढी मतको अन्तरले पराजित गरेकी छिन् ।
हालसम्मको गच्छदारको चुनावी नतिजा
२०४८ – सुनसरी क्षेत्र नम्बर २
विजयकुमार गच्छदार (नेपाली कांग्रेस) : २७,७७५
लिला श्रेष्ठ (नेकपा एमाले) : १५,८८५
मतान्तर : ११,८९०
२०५१ – सुनसरी क्षेत्र नम्बर २
विजयकुमार गच्छदार (नेपाली कांग्रेस) : २१,९६३
कुलदिप पेसकर (नेकपा एमाले) : १०,७०८
मतान्तर : ११,२५५
२०५६ – सुनसरी क्षेत्र नम्बर २
विजयकुमार गच्छदार (नेपाली कांग्रेस) : २७,५२७
रेवतीरमण भण्डारी (नेकपा एमाले) : २३,३३९
मतान्तर : ४,१८८
२०६४ – सुनसरी क्षेत्र नम्बर ३
विजयकुमार गच्छदार (मधेशी जनअधिकार फोरम) : २३,७६९
अगमलाल चौधरी (नेपाली कांग्रेस) : १०,८०६
मतान्तर : १२,९६३
२०७० – सुनसरी क्षेत्र नम्बर ३
विजयकुमार गच्छदार (फोरम लोकतान्त्रिक) : १७,५२४
भगवती चौधरी (नेकपा एमाले) : १७,१६२
मतान्तर : ३६२
२०७४ – सुनसरी क्षेत्र नम्बर ३
विजयकुमार गच्छदार (नेपाली कांग्रेस) : ३८,९७२
भगवती चौधरी (नेकपा एमाले) : ३८,६५१
मतान्तर : ३२१
२०७९ – सुनसरी क्षेत्र नम्बर ३
भगवती चौधरी (नेकपा एमाले) : ४०,७८८
विजयकुमार गच्छदार (नेपाली कांग्रेस) : ३५,६००
मतान्तर : ५,१८८
प्रतिक्रिया 4