
१३ मंसिर,काठमाडौं । बृहत नागरिक आन्दोलनले काठमाडौं-११ स्थित थापाथलीमा रहेको अव्यवस्थित (सुकुम्वासी) बस्ती हटाउन खोज्ने महानगरको प्रयासको निन्दा गरेको छ ।
आन्दोलनले मंगलबार विज्ञप्ति जारी गर्दै भूमिहिनहरुको बस्ती भित्र डोजर लगेर जबरजस्ती उठान खोज्नु अमानवीय, अलोकतान्त्रिक अन्यायी कदम भएको जनाएको छ ।
बस्तीका वासिन्दाहरु महानगरमै श्रम गर्नेहरु सन्त्रास र राज्यहिन स्थितीमा रहेको बताउँदै आन्दोलनले राज्य र बस्तीका वासिन्दाबीच मुठभेड हुनु चिन्ताजनक रहेको उल्लेख गरेको छ । आन्दोलनले महानगर, राष्ट्रिय भूमि आयोगबीच भएको लिखित सहमती कार्यान्वयन गर्न महानगरपालिकालाई अनुरोध गरेको छ ।
‘सुकुम्वासी जस्तो संवेदनशील विषयमा हेर्ने राज्यको दृष्टिकोण अमानवीय र क्रुर देखिनु निन्दनीय छ । संवाद, र सहमतिबिना बसोबासको उचित र न्यायिक असम्भव छ भन्ने हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।
हेर्नुस विज्ञप्ति :
प्रतिक्रिया 4