+
+

गोल्डेन ओकले ६ शहरमा कमेडी यात्रा आयोजना गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १४:४४

काठमाडौं । नेपालको लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले देशका ६ शहरमा १५ मंसिरदेखि कमेडी यात्रा सञ्चालन गर्ने भएको छ ।

गोल्डेन ओकका अनुसार १५ मंसिरमा गाइघाटमा, १६ मंसिर मलंगवामा, १७ मंसिरमा वीरगञ्जमा  १८ मंसिरमा चन्द्रपुरमा, १९ मंसिरमा टाँडीमा र २० मंसिरमा नारायणगढमा कमेडी यात्रा आयोजना हुनेछन् ।

नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने क्रममा गोल्डेन ओकको यो कमेडी यात्रा श्रावण महिनमा विर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सफलता पूर्वक सम्पन्न भएको थियो ।

गोल्डेन ओकले १५ मंसिरदेखि आयोजना गर्न लागेको कमेडी यात्रामा जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजालले प्रस्तुति प्रस्तुत दिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?