
काठमाडौं । विवाह सिजन सुरु भएको छ । कलाकार धमाधम विवाह बन्धनमा बाँधिदैछन् । चर्चित गीत ‘को होला त्यो’ फेम्ड गायक तथा संगीतकार सुनिल गिरीले पनि विवाह गरेका छन् ।
फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै उनले अञ्जु आचार्यसँग आफूले विवाह गरेको जनाएका छन् । बेहुला बेहुली लुक्समा फिचर्ड उनीहरुले यो म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् । केही वर्षदेखि उनीहरु प्रेममा रहेको जनाइएको छ ।
विवाहको खबर सार्वजनिक गर्ने गिरीको यो शैली पनि गज्जबकै छ । यो गीतको कम्पोज उनै आफैंले गरेका छन् । नेपाल र जर्मनीमा भिडियो छायांकन गरिएको छ ।
को होला त्यो, झरी परेको रात, सोल्टिनी, झम्के साँझ सुनिलका हिट गीत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4