१५ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहको निधन भएको छ ।
बिहीबार थापाथलीस्थित नर्भिक अस्तालमा उनको निधन भएको हो ।
ब्याडमिन्टनको ६ पटकको राष्ट्रिय च्याम्पियन उनी नेपाल जिम्न्याष्टिक संघको सह–अध्यक्षको जिम्मेवारीमा थिए ।
स्व. किशोरबहादुर सिंहका एक छोरी र श्रीमती छन् । उनको अन्त्येष्टि शुक्रबार पशुपति आर्याघाटमा गरिने राखेपका निमित्त सदस्य–सचिव अञ्जन धमलाले जानकारी दिए ।
धमलाले शोक वक्तव्य निकालेर सिंहको निधनको खबरले सिंगो खेल जगतका साथै राष्ट्रिय खेलकुद परिषद् परिवारलाई दुखी तुल्याएको बताएका छन् ।
राखेपले सिंहको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना पनि व्यक्त गरेको छ ।
प्रतिक्रिया 4