
१६ मंसिर, काठमाडौं । अटोमोबाइल व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध सडक आन्दोलनको कार्यक्रम घोषणा गरेका छन ।
अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विगत ८ महिनादेखि अटोमोबाइल्समा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतको माग राखी सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
सरकारले अटोमोबाइल्स आयातमा समेत प्रतिबन्ध लगाउने काम गरेपछि त्यसलाई हटाउन दबाव दिने उद्देश्यले आफूहरु आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुनु परेको नाडाका उपाध्यक्ष सुनिल रिजालले बताए । आफूहरुको गाडी र शो रुममा ब्यानर राखेर तथा सामाजिक सञ्जालमा पनि सामग्रीहरु पोष्ट गरेर आन्दोलनको कार्यक्रम सुरु गरिएको उनले बताए ।
आगामी २२ मंसीरमा काठमाडौंको माइतीघर मण्डलामा ३ घण्टा धर्ना र सबै प्रदेशमा पनि सोही दिन विरोध प्रर्दशन गर्न लागिएको उनले बताए । आफूहरुको आन्दोलनमा साथ दिन सबै उद्योगी, व्यवसायीहरुसँग उनले आग्रह समते गरे ।
ब्याजदरमा कटौती, कोभिड-१९ महामारीमा संकटमा परेका व्यवसायीहरुलाई राहतको व्यवस्था लगायतका माग उनीहरुले अघि सारेका छन् ।
प्रतिक्रिया 4