
१८ मंसिर, सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–८ दमारे नजिक जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ ।
प्रहरी चौकी बांगेसिमलले दिएको जानकारी अनुसार कालीकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जीप हिजो बेलुकी ८ बजे अनियन्त्रित भएर सडकबाट करिब १५ मीटर तल खसेको थियो । जीपमा १० जना चढेका थिए ।
दुर्घटनामा घाइते भएकाहरुमध्ये ३ जनाको उपचार सुर्खेत जिल्ला अस्पतालमा भइरहेको छ । ३ जना भने उपचार पछि घर फर्किएका छन् ।
जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4