+

जापानका असानो भन्छन् : विश्वकप बल्ल सुरु भयो

२०७९ मंसिर  १८ गते १३:२९ २०७९ मंसिर १८ गते १३:२९
जापानका असानो भन्छन् : विश्वकप बल्ल सुरु भयो

१८ मंसिर, काठमाडौ । जापानले पूर्वच्याम्पियनहरु जर्मनी र स्पेनविरुद्ध पुसनरागमन जित निकाल्दै विश्वकपमा उत्कृष्ट कथा लेखिसकेको छ । तर जापानका ताकुमा असानो भने उनीहरुले अहिलेसम्म केही उपलब्धी हासिल नगरेको बताउँछन् ।

विंगर असानोले जर्मनीविरुद्ध विजयी गोल गरेका थिए । जसले जापानको शानदार सुरुवात भएको थियो । तर, समूहको दोस्रो खेलमा कोस्टारिका विरुद्ध आफै स्तब्ध भयो ।
स्पेनविरुद्धको अर्को अप्रत्यासित नतिजा निकाले पनि जापान समूह इ को समूहविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्‍यो ।

जापानले २०१८ को उपविजेता क्रोएसियासँग नकआउट चरणको पहिलो खेल सोमबार अल जानोब स्टेडियममा खेल्दैछ । ‘हामीले ती सबै जित्न सकेनौं, तर मलाई लाग्छ कि सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि हामीले समूह चरण पार गर्‍यौँ,’ असानोले शनिबार टोलीको प्रशिक्षणका क्रममा पत्रकारहरूलाई भने, ‘अब म यो उत्कृष्ट विश्वकप बनिरहेको महसुस गर्न थालेको छु । तर हामीले अहिलेसम्म केही हासिल गर्न सकेका छैनौं, त्यसैले इमानदारी पूर्वक भन्नुपर्दा, मलाई लाग्छ कि सबै कुरा अब सुरु हुन्छ ।’

अट्याकिङ मिडफिल्डर दाइची कामदाले ‘ग्रुप अफ डेथ’ मा परे पनि युरोपका उत्कृष्ट टिमलाई हराउन सक्ने आत्मविश्वास दिएको बताए । कामादाले समूहको तीनवटै खेलमा पहिलो रोजमाईँमा खेलेका थिए ।

‘हामीले निकै कठिन समूहमा खेल जित्न सफल भयौं र यहाँसम्म आइपुग्यौं,’ उनले भने, ‘हामी समूहको शीर्ष हुँदै र क्रोएसिया दोस्रो हुँदै अर्को चरणमा पुग्यौं । नि: सन्देह, तिनीहरूसँग धेरै राम्रा खेलाडीहरू छन्, र तिनीहरू राम्रो टोली हुन् ।’

‘तर हाम्रो टोली पनि उत्कृष्ट छ, त्यसैले मलाई लाग्छ कि हामीसँग जित्ने ठूलो अवसर छ । मलाई आशा छ कि हामी एक भएर लड्न सक्छौं र राम्रो नतिजा ल्याउन सक्छौं ।’
सोमबार क्रोएसियासँग खेल्दा जापानले विश्वकपमा चौथो पटक अन्तिम १६ मा खेल्नेछ । तर जापानले अहिलेसम्म अन्तिम १६ बाट अगाडि बढ्न सकेको छैन ।

जापान ताकुमा असानो विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय