+
+

सवारी धनीले वेवास्ता गर्दा दुर्घटनामा पर्नेको उपचारमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १४:१४

१९ मंसिर, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका ७ जुमिलीका सन्तोष चौधरी अहिले मेडिसिटी अस्पतालको बेडमा उपचार गराउन नसक्ने अवस्थामा छटपटाइरहेका छन् । ट्याक्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको अहिले आर्थिक अभावको कारण उपचार गर्न नसक्ने अवस्थामा पुगेको उनका दाजु आलोक चौधरीले जानकारी दिए ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ८ बहादुरगञ्जमा मंसिर ६ गते ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए । पूर्व पश्चिम राजमार्ग जोडिने कृष्णनगर चन्द्रौटा सडकको बहादुरगञ्ज प्रहरी चेक प्वाइन्ट नजिकै विपरीत दिशाबाट आउँदै गरेको लु.४ त.३२६ नम्बरको ट्रयाक्टरले लु.३९ प ६४३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जसबाट मोटरसाइकलमा सवार शिवराज नगरपालिका ७ जुमिलीका सन्तोष चौधरी र शिवराज नगरपालिका वडा नम्बर ८ बस्ने जगदीश कोरी घाइते भएका थिए, उनीहरुको उपचार मेडिसिटी उपचार भइरहेको छ । जसमध्ये सन्तोषको अवस्था गम्भीर रहेको छ ।

चौधरीको टाउको, घाँटी, अनुहार र खुट्टामा गम्भीर चोट भएकोले हाल सम्म करिब १५ लाख रुपैयाँ खर्च भइसकेको दाजु आलोकले बताए । उनका अनुसार पूर्ण रुपमा ठीक हुन ४० लाख रुपैयाँसम्म खर्च लाग्ने देखिन्छ । ‘हामीसँग भएको पैसा सकिसकेको छ । पैसा नहुँदा अस्पतालले उपचार गर्ने कुरा पनि भएन । प्रहरीले दुर्घटनापछि सम्पूर्ण उपचार ट्याक्टर धनीले गर्छ भनेर पठाएको थियोृ ७५ हजार रुपैयाँ भन्दा दिएको छैन । अब ऋण खोज्ने ठाउँ पनि सकिसकेको छ । भाइलाई उपचार गराउन नसकेर तनाव भइसक्यो । सवारी धनीले चासो नै दिएको छैन,’ अनलाइनखबरसँग चौधरीले भने ।

‘कानुनी प्रक्रिया अनुसार उपचार खर्च ’

ट्याक्टर धनी रहेको विरगञ्जको द हेभिट अटो होइराइजनका सञ्चालक उमेश मानन्धरले उपचारमा लागेको खर्च कानुनी प्रक्रिया अनुसार तिर्ने बताए । ‘जुन चालकले चलाएर दुर्घटना भएको छ, उसलाई हामीले ट्याक्टर बेचिसकेका छौं । तर नामसारी मात्रै हुन बाँकी थियो । अब प्रहरीले मुद्दा अगाडी बढाइसकेको छ । कानुनी रुपमा हामीले तिर्नुपर्ने खर्च तिर्छौं, हामी भागेका छैनौं,’ मानन्धरले बताए ।

घटना भएको स्थानको गणेशपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विजय तिमल्सिनाले दुर्घटना भएको ट्याक्टर चालक तोहिद मुसलमानलाई पक्राउ गरिसकेको बताए ।

‘दुर्घटना पछि हामीले गर्नुपर्ने कानुनी प्रक्रिया अनुसार सबै गरेका छौं । मुद्दा दर्ता गरेर अगाडी बढिसकेको अवस्था छ । अब कानुनी प्रक्रिया अनुसार नै टुंगिन्छ । सोहि क्रममा उपचार गराउने सहमति समेत भईसकेको छ’, तिमल्सिनाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?