
काठमाडौं । पुस २२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिल्डिङ’को मोसन पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायत फिचर्ड छन् ।
पोस्टरको पाश्र्व संगीतले दर्शकलाई उत्सुकता र त्रास प्रदान गर्ने खालको देखिन्छ । हरर तथा थ्रिलर ट्रेण्ड स्थापित गर्ने आशा निर्माता अरुण चक्रवर्तीले व्यक्त गरे ।
‘बलिउड र हलिउड सिनेमासँग भागेर नेपाली फिल्मलाई एकापसमा जुधाउने परम्परा तोड्ने उद्देश्य छ,’ चक्रवर्तीले भने ।
निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । भारतीय र नेपाली प्राविधिकले मिलेर निर्माण गरेको फिल्मबाट दर्शकले नयाँपन पाउने आशा लिइएको छ । रिञ्जु केसीसँग मिलेर चक्रवर्तीले फिल्म निर्माण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4