
२० मंसिर, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता विजयराज पण्डितका अनुसार मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बा २ ख ७४६२ नम्बरको टिपर अनियन्त्रित भई पल्टिँदा टिपरका चालक राईको मृत्यु भएको हो ।
इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलबाट २० मिटर तल तुईन खोलामा टिपर खसेको उनले जानकारी दिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4