
२१ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा.शशांक कोइरालासँग मत मागेका छन् ।
निर्वाचनपछि बधाई साट्न बालुवाटार पुगेका कोइरालासँग देउवाले मत मागेका हुन् । ‘बधाई साटासाट भयो । संसदीय दलमा सभापतिले भोट माग्नुभयो ।’ कोइरालाका स्वकीय सचिव भरत तिवारीले भने ।
देउवाले मत मागेपछि सल्लाह गरौंला नि भनि जवाफ फर्काएका थिए । देउवा र कोइरालाको २÷३ पछि पुन संवाद हुने तिवारीले जानकारी दिए ।
संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बनेका छन् । संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी घोषणा गरेपनि उक्त समूहको एकल उम्मेदवार चयन हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4