
२० मंसिर, रोल्पा । धरानमा कुटपिटबाट ज्यान गुमाएकी धनकुटाकी उषा राईको न्यायको माग गर्दै रोल्पाका एकल महिलाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएका छन ।
मानव अधिकारका लागि महिला एकल महिला समूह रोल्पाको आयोजनामा प्रमुख जिल्ला अधिकारी मार्फत रोल्पाका एकल महिलाहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएका हुन ।
मानव अधिकारका लागि महिला एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएकी हुन् ।
गत मंसिर ३ गते कुटपिटमा परेकी राईको उपचारका क्रममा मंसिर १४ गते ज्यान गएको थियो । धरानमा सिलाइ कटाइ गरि जीविकोपार्जन गर्दै आएकी एकल महिला राईमाथि महिलाहरुको एउटा समूहले कुटपिट गरेको थियो । ज्ञापनपत्रमा कुटपिटमा संलग्नहरुलाई कडा कारबाही गर्न माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4