
२१ मंसिर, काठमाडौं । केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले दुर्गम क्षेत्रमा हुने हवाई उडानलाई सहज बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।
मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा १३ मंसिरमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । निर्देशन कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयलाई पत्राचार गरेको छ ।
अहिले अधिकांश दुर्गम भेगका विमानस्थलमा उडानहरु नियमित हुन सकेका छैनन् । जहाज उपलब्ध भएका वायुसेवा कम्पनीहरुले चार्टर्ड उडानलाई प्राथमिकता दिँदा नियमित उडानहरु प्रभावित हुने गरेका छन् । अर्कोतर्फ कतिपय विमानस्थलमा जहाज अभावका कारण उडान नै सुरु हुन सकेको छैन । सरकारले कतिपय वायुसेवालाई दुर्गम भेगमा उडाउन बाध्य समेत गराउन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4