
घटेको छ
तिमीप्रतिको सम्मोहन घटेको छ
तिम्रो ऊर्जा घटेको छ
घटेको छ शक्ति, सामर्थ्य घटेको छ
मुहारको कान्ति र सौन्दर्य घटेको छ
नघटोस् पनि कसरी ?
हरचिजको सीमा हुन्छ
आउँछ
आँगन पनि परदेश हुने बेला आउँछ
तिमी त झन्
अपसकूनहरूले घेरिएका छौ भान्छामै
आँगनसम्म पुग्नै कठिन छ
भो भैगो, पुग्यो यार, पुग्यो
कति रहरैरहरमा
अझै ओरालो लाग्छौ
न पुराना खुसी छन्
न छ आकर्षण नयाँलाई
मात्रै लोभीपापीको झुण्ड सँगालेर
यो अनन्त सौर्ययात्रा कसरी सम्भव छ ?
तिमीलाई भन्दैनन् कसैले ?
तिमी ओरालो यात्राको चौतारीमा छौ
पर्ख
थकाइ मार
सुस्ताऊ त्यही चौतारीमा
र बलियो भरिया खोज
फेरि पनि भारी आफैं बोक्यौ भने
त्यही भारीले थिचिएर थलिने छौ
र
भारीसँगै देश ओरालो झर्ने छ ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4