२२ मंसिर, काठमाडौं । इंग्ल्यान्ड फरवार्ड रहिम स्टर्लिङ विश्वकप फुटबलमा फ्रान्ससँग हुने क्वाटरफाइनल खेलका लागि टिममा फर्कने भएका छन् ।
कतारमा विश्वकप खेलिरहेका २७ वर्षीय स्टर्लिङको घरमा डकैती भएपछि परिवारको सुरक्षाका लागि उनी आइतबार कतारबाट इंग्ल्याण्ड फर्किएका थिए ।
परिवारमा सबैकुरा ठिक भइसकेपछि अब पुन कतार फर्किएर टिममा आवद्ध हुन चाहेको भन्दै उनले इंग्ल्याण्डको फुटबल संघमा अनुरोध गरेका छन् । घरमा डकैती भएपछि उनले सेनेगलसँगको ३–० को अन्तिम १६ को खेल गुमाएका थिए ।
परिवारका सदस्य घरमै रहेको बेला हतियारधारी समूहले प्रवेश गरेर उनको घरमा डकैती गरेको थियो ।
प्रतिक्रिया 4