
काठमाडौं । बलिउडमा रोहित सेट्टीको कप युनिभर्स फिल्मको निर्माण तीव्र गतिले भइरहेको छ । फिल्म निर्माता र अजय देवगणले चाँडै अर्को नयाँ श्रृंखला ‘सिंघम अगेन’मा सहकार्य गर्दैछन् ।
तरण आर्दशले गरेको ट्वीटअनुसार अजयले आफूले निर्देशन गर्ने फिल्म ‘भोला’को छायांकनपछि सिंघमको तेस्रो शृंखलामा कमब्याक गर्नेछन् । फिल्म ‘सर्कस’को गीत लन्च कार्यक्रममा बोल्दै रोहितले चाँडै ‘सिंघम अगेन’को छायांकन गर्ने घोषणा गरे ।
उनले नायिका पनि निश्चित गर्दै दीपिका पादुकोणलाई अनुबन्धित गरिएको जानकारी दिए । रोहितले भने, ‘मान्छेलाई कहीं न कहींबाट थाहा हुन्छ । म आफैं भन्छु । हामीले जुन फिल्म बनाउन गइरहेका छौं त्यो सिंघम ३ हो । सबैले धेरैपटक सोध्ने गरेका छन् कि हिरोइनको हुन्छ ? आज म सबैको सामु भन्छु– हिरोइन दीपिका पादुकोण हुनेछिन् ।’
रोहितले दीपिकालाई कप युनिभर्सकी लेडी कप भएको समेत बताए । सन् २०२३ मा फिल्म छायांकनको तयारी छ ।
प्रतिक्रिया 4