+
+

सरकारमा जान नागरिक उन्मुक्ति पार्टीको शर्त : रेशमको रिहाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १९:१४

२३ मंसिर, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन सत्ता गठबन्धनसँग रेशमलाल चौधरीलगायतका नेताको रिहाइको माग गरेको छ ।

शुक्रबार दिउँसो काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् ।

उनले अनलाइनखबरसँग भनिन्, ‘पार्टीका संस्थापक रेशम चौंधरीलगायत नेता कार्यकर्तालाई जेलबाट रिहाइ गरे मात्रै  हामी सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा लाग्छौं।’

पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?