२३ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक रुपमा आयोजना गर्न लागेको नेपाल टी-२० लिगको पहिलो संस्करणको खेल तालिका सार्वजनिक गरेको छ ।
नयाँ तालिका अनुसार पहिलो खेल काठमाडौं नाइट्स र , पोखरा एभेन्जर्सबीच हुने छ । काठमाडौं गोर्खाजले नाम फिर्ता लिएपछि उसको सट्टामा क्यानले आवद्ध गरेको काठमाडौं नाइट्सले पहिलो खेल खेल्न लागेको हो । ८ पुसमा सुरु हुने र ३४ खेल हुने प्रतियोगिताको फाइनल पुस २६ गते हुने छ ।
६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका अन्य टिममा विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार र फार वेस्टर्न युनाइटेड छन् ।
प्रतिक्रिया 4