२४ मंसिर, काठमाडौं । फिफाले विश्वकपको आयोजना अधिकार नयाँ महादेशलाई दिने निर्णय गरेसँगै पहिलोपल्ट अपि|mकामा फुटबलको प्रतिष्ठित प्रतियोगिता आयोजना भएको थियो ।
सन् २०१० को विश्वकप आयोजनाका लागि अपि|mकी देशहरुले मात्र दावी गर्न पाउने व्यवस्था थियो । मोरक्को, इजिप्ट, दक्षिण अपि|mका तथा लिविया र ट्युनिशियाले संयुक्त रुपमा आयोजना अधिकारको दावी गरे ।
लामो समयदेखि दावी गरिरहेको मोरक्को निणर्ायक मतदानमा चार मतले पछि पर्यामे । दक्षिण अपि|mकाले आयोजना अधिकार पाउँदा स्वदेशमा ठूलो उत्सव मनाइएको थियो । नेल्सन मन्डेलाले ट्रफी सार्वजनिक गरेका थिए ।
सन् २०१५ मा भएको फिफा भ्रष्टाचार अनुसन्धानका क्रममा फिफाका तत्कालीन कर्मचारी चुक ब्लेजरले आयोजना अधिकार प्रत्यायोजनको क्रममा अनैतिक काम गरेको थाहा लागेको थियो ।
यो विश्वकपमा पछिल्लो विश्वकपका फाइनलिष्ट प|mान्स र इटलीले समूह चरण पार गर्न सकेनन् । अर्जेन्टिना, ब्राजिल, जर्मनी र स्पेनलाई उपाधिको प्रमुख दावेदारका रुपमा हेरिएको थियो ।
महान खेलाडी डिएगो म्याराडोनाद्वारा प्रशिक्षित अर्जेन्टिनाले क्वाटरफाइनलमा जर्मनीसँग ४-० को पराजय ब्यहोर्यो । क्वाटरफाइनलमै नेदरल्याण्ड्सले ब्राजिललाई हरायो ।
नेदरल्याण्ड र स्पेनबीचको फाइनल तनावग्रस्त थियो । विशेष रुपमा डच खेलाडीको ब्यवहार खराव थियो । खेलमा १४ वटा पहेँलो कार्ड देखाइएको थियो ।
स्पेनिस गोलरक्षक इकर कासियासले नेदरल्याण्ड्सका आर्नेज रोविनको वान भर्सेस वान प्रहार विफल पारेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
स्पेनको चर्चित टिकीटाका शैलीको प्रवर्तकमध्येका एक आन्द्रेस इनिएस्टाले ११५ मिनेटमा निणर्ायक गोल गरेपछि स्पेनले विश्वकप उपाधिमा आफ्नो लामो प्रतीक्षा अन्त्य गर्यो ।
प्रतियोगितामा रंगशालाभित्र भुभुजेलाको अधिकतम प्रयोग भयो । त्यसयता अन्य खेलहरुमा पनि भुभुजेलाको प्रयोग हुनथाल्यो ।
अपि|mकामा पहिलोपल्ट आयोजना भएको विश्वकपको समापन समारोहमा महान अपि|mकी नेता नेल्सन मन्डेलाले उपस्थित थिए । आयोजक दक्षिण अपि|mका भने समूह चरणबाटै बाहिरिएको थियो । यो विश्वकपमा जर्मनीमा रहेको पल नामक अक्टोपसले फाइनलसहित सबै खेलको सही भविष्यवाणि गरेको थियो ।
कोलम्बियाली गायिका शाकिराले गाएको वाका वाका नामक विश्वकप गीत अहिलेसम्मकै सर्बाधिक चर्चित विश्वकप गीत बन्न पुग्यो ।
तथ्यांकमा विश्वकप २०१०
आयोजक : दक्षिण अफ्रिका
टिम : ३२
फर्म्याट : समूह चरण, नकआउट
खेल : ६४
गोल : १४५
विजेता : स्पेन
उपविजेता : नेदरल्याण्ड्स
गोल्डेन बुट : थोमस मुलर (जर्मनी)
प्रतिक्रिया 4