+
+

अपेक्षाअनुसार सिट आएन, तर हाम्रो भूमिका केन्द्रीय नै छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते १५:०२

२४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा सोचेजस्तो सिट नआए पनि राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिका निर्णायक रहेको दावी गरेका छन् ।

शनिबार माओवादी निकट निजामती कर्मचारीको कार्यक्रममा उनले राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकालाई कसैले अवमूल्यन गर्न नसक्ने बताए ।

‘१२२ पालिका माओवादीको कन्ट्रोलमा हुने भनेको सानो कुरा होइन, प्रदेशमा हामी ७४ को हाराहारीमै छौं । तर संघमा हामीले सोचेजस्तो, अपेक्षा गरेजस्तो भएन’ उनले भने, ‘हाम्रो भूमिका खुम्चियो भन्ने होइन । राष्ट्रिय राजनीतिमा हाम्रो भमिका केन्द्रीय नै छ, त्यसलाई कसैले खोस्न सक्दैन ।’

प्रचण्डले चुनावी परिणामबाट निराश हुन नपर्ने बताए । २०६४ सालको निर्वाचनमा माओवादीले धेरै सिट जित्दा अरु पार्टी निकै सानो आकारमा पुगेको भन्दै उनले आत्मसमीक्षा गरेर मिहिनेत गर्ने हो भने पुन संगठित हुन सक्ने बताए ।

अहिलेको चुनावले नेपालमा दूषित हावा चल्ने हो कि भन्ने आशंका देखिएको पनि प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?