+
+

बर्दिवासमा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १०:०७

२५ मंसिर, जनकपुरधाम । महोत्तरीमा गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिवास नगरपालिका-३ कालापानीका ६६ वर्षीय वीरबहादुर आले मगर रहेका छन् ।

सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको स१च १५४५ नम्बरको गाडीले बाटो काट्ने क्रममा मगरलाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते मगरको उपचारको क्रममा बर्दिवासस्थित जनसेवा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?