
२६ मंसिर, काठमाडौं । असोज १२ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता सोमबारदेखि नलाग्ने भएको छ ।
४ मंसिरको चुनावलाई स्वच्छ र निष्पक्ष बनाउन भन्दै निर्वाचन आयोगले सरकार र संवैधानिक पदाधिकारीले गर्न पाउने र नपाउने काम खुलाएर निर्वाचन आचारसंहिता जारी गरेको थियो ।
निर्वाचन आयोगले विज्ञप्ति निकालेर निर्वाचन आयोगबाट जारी आचारसंहिता सोमबारदेखि लागू नहुने जानकारी दिएको छ ।
आयोगले सो निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सबै मन्त्रालय र संवेधानिक निकायलाई जानकारी गराएको छ ।
४ मंसिरको निर्वाचनको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिक तर्फको नतिजा पनि आयोगले सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4