+
+

विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा त्रुटि सच्याउन नेविसंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १५:५५

२६ मंसिर, काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले त्रिविको ४८औं दीक्षान्त समारोहमा वितरण गरेको सेमेष्टर प्रणालीतर्फको शैक्षिक प्रमाणपत्रमा त्रुटि भएको भन्दै नेपाल विद्यार्थी संघले सच्याउन माग गरेको छ ।

नेविसंघले विज्ञप्ति जारी गर्दै सेमेष्टर प्रणाली अन्तर्गत उत्तीर्ण गरेका विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र, लब्धांक पत्र र चारित्रिक प्रमाणपत्रमा उल्लेख भएको ग्रेडिङ मार्क्समा समेत त्रुटि भएको पाइएको जनाएको छ ।

डेभियसन सिस्टमलाई पालना नगरी अंक निर्धारण गरेको र विद्यार्थीले छनोट गरेको स्पेसलाईजेसन विषयको उल्लेख नगरी सबै भनी उल्लेख गरिएको विद्यार्थीले गुनासो गरेको नेविसंघले विज्ञप्तीमा उल्लेख गरेको छ ।

सेमेष्टर प्रणाली अन्र्तगत परीक्षा उत्तीर्ण भएका विद्यार्थीले थप अध्ययन गर्नको लागि आवेदन दिँदा समस्या झेलिरहनु परेकोले त्रिवि परीक्षा नियन्त्रण कार्यलयले यथाशिघ्र, सहज र निशुल्क रुपमा त्रुटि सच्याउन नेविसंघले अनुरोध गरेको छ ।

नेविसंघले विद्यार्थीहरुको शैक्षिक भविष्य माथि नै गम्भीर असर पर्ने यस्ता गल्तिहरु नगर्न÷नदोहोर्‍याउन समेत सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?