
२७ मंसिर, काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख र तेजावी सुन ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख २ सय र तेजावी सुनको मूल्य ९९ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।
मंगलबार चाँदीको मूल्य भने सोमबारकै मूल्य १ हजार ३९० (प्रतितोला) रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4