+
+

महत्वपूर्ण विधेयकको पालोमा नियम निलम्बन गर्नु गलत : कल्याण श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते १६:३५

२७ मंसिर, काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संसदले पर्याप्त छलफल बिना कानून निर्माण गर्न नहुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित अन्तरसंवाद कार्यक्रममा उनले महत्वपूर्ण विधेयकहरुलाई नियम निलम्बन गरेर बिना छलफल पारित गरिने गरेको भन्दै संसदको भमिकाप्रति प्रश्न उठाएका हुन् ।

उनले बिना छलफल पास भएको कानूनले कानूनी तत्व ग्रहण गर्न नसक्ने धारणा राखे । ‘…महत्वपूर्ण विधेयकको जब पालो आउँछ, तब नियम निलम्वन गरेर बिना छलफल पास गरिन्छ । यो छलफल गर्ने संस्था हो । यहाँ अल्पमत, बहुमत हुन्छ थाहा छ । बहुमतले पास हुन्छ भन्ने थाहा छ । त्यसो हुनाले अल्पमतका मानिसले कुरा नगरेपनि भो बहुमतका मान्छेले पेले पनि भो त्यो होइन’ उनले भने ।

विधेयकमाथि छलफलका क्रममा अल्पमतमै परेपनि सांसदहरुले आफ्नो कुरा राख्न छोड्नु नहुने श्रेष्ठ बताउँछन् ।

‘बहुमतले आफ्नो ढिपी गर्नसक्छ । तर मेरो कुरा हुन् । मेरा सिद्धान्त हुन् । आज नभए भोलिका दिनमा राष्ट्र, समाजलाई यसले प्रभावित पार्नसक्छ र हामीले खोजेजस्तो कानून आउँछ भनेर त्यो उत्साहका साथ छलफल गर्ने हो । छलफल नभई पास भएको कानूनलाई पनि कानून भन्नुपर्छ र ? त्यसले कानूनी तत्व ग्रहण गर्छ र ? मलाई दुःख लाग्छ’ उनी भन्छन् ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संसदलाई क्षमतावान बनाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?