
२७ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशको आर्थिक अवस्था अनुसार सेवा सुविधाको चाहना राख्न कर्मचारीहरुलाई आग्रह गरेका छन् ।
संघीय संसद सेवा दिवसका अवसरमा बुधबार सिंहदरवारमा आयोजित ‘नेपालको संसद सेवाका दुई दशक : समीक्षा र आगामी कार्यदिशा’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
‘अरु जति कुरा गरे पनि गाँठो अर्थमा आएर जोडिएको छ’ उनले भने, ‘सेवा गरेपछि मेवा चाहिन्छ । तर, त्यो देशको परिस्थित र अवस्था अनुसार हुन्छ ।’
सेवा सुविधा समेतलाई ध्यानमा राखेर संसद र संसद सचिवालयभित्र सुधारको कोशिस गरिरहेको अवस्थामा कोरोना भाइरस कोभिड–१९ को महामारी ब्यहोर्नुपरेको अध्यक्ष तिमिल्सिनाले बताए । अझै कोरोना भाइरसको महामारीको प्रभाव अर्थतन्त्रमा कायम रहेको बताए ।
तथापि, कर्मचारीहरुको सेवा सुविधाका सन्दर्भमा आफू सचेत रहेको अध्यक्ष तिमिल्सिना बताउँछन् ।
संसदीय समितिको तर्फबाट स्थलगत भ्रमणमा जाँदा दिइने भत्ता व्यवहारिक रुपमा अपुग भएको कर्मचारीहरुको गुनासोको सम्बोधन गर्दै उनले भने, ‘सांसदकै २२–२५ सय छ ।’
तथापि, व्यवहारिक रुपमा समस्या रहेको स्वीकार गर्दै उनले भने, ‘यथार्थता एउटा छ, बाध्यता अर्को छ ।’
देशको आर्थिक अवस्था सुधार हुँदै जाँदा सेवासुविधाका आकांक्षा पनि पूरा हुने अध्यक्ष तिमिल्सनाको आश्वासन छ ।
प्रतिक्रिया 4