+
+

‘वेलकम टु हेम्जाकोट’ लाई उत्कृष्ट नेपाली फिल्मको अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते १७:३१

काठमाडौं । काठमाडौंमा आयोजित चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘वेलकम टु हेम्जाकोट’ ले उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको छ । महोत्सवमा आफूले निर्देशन गरेको पहिलो फिल्मले नै उत्कृष्ट फिल्मको अवार्ड जितेपछि निर्देशक सरोज पौडेलले सामाजिक सञ्जालमार्फत खुसी साटेका छन् ।

‘म त सिक्दै छु, राम्रो लेखक अनि निर्देशक बन्न,’ उनले भनेका छन्, ‘उपाधि जितेको खबर सुनाउन पाउँदा वास्तवमै खुसी छु ।’ निर्देशक पौडेलले यो हौसलाले आफूलाई आफ्नो काममा अझै मेहनत गर्न र अगाडि बढ्न प्रेरित गरेको उल्लेख गरेका छन् ।

तीन दिनसम्म सञ्चालन भएको फेस्टिभलमा ३४ देशका विभिन्न विधाका ७२ अन्तर्राष्ट्रिय फिल्म तथा नेपालका ३४ फिल्म सहभागी थिए । समापनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सन्तोष चालिसे प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

हलमा समेत रिलिजको तयारीमा रहेको यो फिल्ममा विनोद न्यौपाने, बुद्धि तामाङ, शारदा गिरी, अम्बिका तामाङ लगायतको अभिनय छ । तेजप्रसाद दाहालको प्रस्तुतिमा सुमन खड्का कार्यकारी निर्माता रहेको फिल्ममा जितेन्द्र गिरी निर्माता छन् ।

फिल्मले गाउँ फर्किनुपर्छ भन्ने सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?