+
+

‘दुई नम्बरी’ निर्माताको फिल्म ‘हात्तीछाप’को निर्देशकमा सिमोस सुनुवार

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते ११:५५
निर्देशक सिमोस सुनुवार । फाइल तस्वीर

काठमाडौं । ‘दुई नम्बरी’ फेम्ड निर्माता किरण नेपालीको आगामी फिल्म ‘हात्तीछाप’लाई सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् ।

निर्माण कम्पनी र निर्देशक सुनुवारबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाली फिल्मको प्राविधिक पक्षमा अब्बल मानिएका निर्देशक यो फिल्ममा महंगो मूल्यमा अनुबन्धित भएका छन् ।

सुनुवारको अनुबन्धनबारे निर्माता नेपालीले अनलाइनखबरसँग भने, ‘उहाँ प्राविधिक रुपमा बलियो निर्देशक हो । एक्सन–थ्रिलरको कथामा उहाँको राम्रो दखल छ । सोही कारण उहाँलाई लिएका हौं ।’

फागुनदेखि छायांकन तयारी रहेको फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । कथाको सारांशबारे भारद्वाजले भने, ‘हिङ नभए पनि हिङ बाँधेको टालोको प्रवृत्तिको कथा हो यो । मान्छेसँगै सबै कुरा सकिए पनि ऊ सँग अझै अक्कड बाँकी छ ।’

फिल्मबाहेक सिमोसले हिमालय टेलिभिजनका दुई रियालिटी शोहरु सार्क ट्यांक र नेपाल लोकस्टार निर्देशन गर्दैछन् । यसअघि उनले रोडिज निर्देशन गरेका थिए ।

सुनुवार निर्देशित फिल्महरु मिसन पैसाका दुवै श्रृंखला, फस्टलभ, झ्यानाकुटी र उनको निर्माण रहेको ‘घामड शेरे’ चर्चित छन् । निर्देशनसहित उनी चर्चित फिल्म सम्पादक समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?