+
+

प्रहरी कार्यालयमा हाजिर भए उद्योगी अपहरणका आरोपी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १४:५६

२९ मंसिर, विराटनगर । विराटनगरका उद्योगी अरुणकुमार राठीको अपहरण गरी १५ लाख रुपैयाँ फिरौती असुल गरेको आरोपी सहैन्सा सिद्धिकी भनिने अब्दुल खत्ताब प्रहरी कार्यालयमा हाजिर भएका छन् ।

राठीले आफूलाई अपहरण गरी शरीर बन्धक बनाएको भन्दै आफ्नै साझेदार अब्दुल खत्ताबविरुद्ध किटानी जाहेरी दिएका थिए । राठी र खत्ताब नेपाल टाइम्स मिडिया प्रालि विराटनगरका सञ्चालक साझेदार हुन् । जाहेरीपछि फरार भएका खत्ताब बिहीबार विहान जिल्ला प्रहरी कार्यालय मोरङमा हाजिर भएका हुन् ।

‘व्यवहारिक काम सबै सकेर अनुसन्धानमा सहयोग गर्न आफैं जिल्ला प्रहरी कार्यालय उपस्थित भइसकेको छु’, उनले भने, ‘जिल्ला प्रहरी कार्यालयमा सबै व्यहोरा जानकारी गराइरहेको छ, मसँग जोडिएका विषयको अनुसन्धानमा मेरो पूरा सहयोग रहने छ ।’

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठले तीनपैनी चोक नजिकैबाट खत्ताबलाई पक्राउ गरेको बताए । उनी पक्राउ परेपछि अनुसन्धानका लागि हिरासतमा राख्ने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

राठीले १४ मंसिरमा आफूलाई अपहरण शैलीमा लगेर १५ लाख फिरौती लिएको भन्दै १८ मंसिरमा आफ्नै साझेदार खत्ताबविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । त्यसपछि खत्ताब सम्पर्कविहीन थिए ।

खत्ताबले भने आफूले अपहरण नगरेको दाबी गर्दै आएका छन् । राठीले दिएको १५ लाख कम्पनीको शेयरका लागि भएको उनको दाबी छ ।

राठीले दिएको जाहेरीमा नेपाल टाइम्सका सञ्चालकबाट अपहरणमा परेको र फिरौती रकम बुझाएर फुत्किन सफल भएको उल्लेख छ । खत्ताबले आफ्नै मिडिया हाउसमा भिडियो सुटिङ गर्ने भन्दै बुधबार आफूलाई घरबाटै लिएर गएको र विराटनगर–६, सरौचियास्थित मिडिया हाउसको पुरानो कार्यालयमा लगेर अन्य अपरिचितको सहयोगमा हातखुट्टा बाँध्दै ३० लाख रुपैयाँ माग गरेको राठीको आरोप छ ।

उद्योगी अपहरणको विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्न व्यापारिक संस्था र नेकपा एमाले निकट ९ वटा भातृ संगठनहरुले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?