
काठमाडौं । ‘दुई नम्बरी’को व्यवसायिक सफलतापछि निर्माता किरण नेपाली र अभिनेता दयाहाङ राईबीच आगामी फिल्म ‘हात्तीछाप’मा पुनः सहकार्य हुने भएको छ ।
दयाहाङ फिल्मको प्रमुख भूमिकामा अनुबन्धित भएका छन् । विहिबार बेलुका निर्माता र राईबीच लिखित सम्झौता भएको छ । अर्का एक प्रमुख अभिनेता भने फाइनल भैसकेका छैनन् ।
अर्को प्रमुख भूमिकाको लागि सौगात मल्ल, खगेन्द्र लामिछाने र बिपिन कार्कीमध्ये एक हुनसक्ने जानकारी निर्माता नेपालीले दिए । अभिनेत्रीको लागि भने अडिसन आह्वान गरिने तयारी छ ।
यसैसाता फिल्मको निर्देशकमा सिमोस सुनुवार अनुबन्धित भैसकेका छन् । फागुनदेखि छायांकन तयारी रहेको फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । कथाको सारांशबारे भारद्वाजले भने, ‘हिङ नभए पनि हिङ बाँधेको टालोको प्रवृत्तिको कथा हो यो । मान्छेसँगै सबै कुरा सकिए पनि ऊ सँग अझै अक्कड बाँकी छ ।’
निर्माता नेपाली ‘हात्तीछाप’पछि मात्र उनको हिट फिल्म ‘दुई नम्बरी’को दोस्रो श्रृंखला निर्माणमा जुट्नेछन् ।
प्रतिक्रिया 4