१ पुस, काठमाडौं । विराटनगर सुपर किंग्सले नेपाल टी-२० लिगका लागि पाकिस्तानी खेलाडी हुसेन तलतलाई अनुबन्ध गरेको छ ।
विराटनगरले तलतलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो । बायाँ हाते ब्याटर तलतले पाकिस्तानको राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।
उनले एक ओडीआई र र १८ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले १८ टी-२० अन्तर्राष्ट्रियमा दुई अर्धशतक मद्दतमा ३९४ रन बनाएका छन् । उनको उच्च स्कोर ६३ हो । यस्तै उनले टी-२० अन्तर्राष्ट्रियमा ४ विकेट समेत लिएका छन् ।
विराटनगरका मालिक आरके गुप्ताले तलतलाई अनुबन्ध गर्न पाउँदा खुशी लागेको बताए । ‘उनले खेलमा ब्याट वा बल दुवैमा प्रभाव पार्न सक्छन् । जसले उनलाई हाम्रो लागि महत्वपूर्ण सम्पत्ति महत्वपूर्ण ।’
राष्ट्रिय टिमका कप्तान रोहित पौडेल मार्की प्लेअर रहेको विराटनगरमा अर्जुन साउद, नन्दन यादव, विवेक यादव, शाहब बलम लगायत खेलाडी छन् ।
यस्तै नारायण जोशी, सूर्य तामाङ, अमर सिंह राउटेला, प्रदिप ऐरी, पृथु बास्कोटा र रिजन ढकाल पनि टिममा छन् ।
विराटनगरले लुम्बिनी अल स्टार्ससँग डिसेम्बर २४ मा खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । नेपाल टी-२० लिग डिसेम्बर २३ देखि सुरु हुँदैछ । लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि भएको प्लेअर ड्राफ्टमा विराटनगरले पाकिस्तानका पूर्व कप्तान मोहम्मद हाफिज, सेकुगे प्रसन्न, निरोसन डिकवेला लगायतलाई अनुबन्ध गरेको थियो । तर लिग तोकिएको समयमा आयोजना नभएपछि केही विदेशी खेलाडीहरु उपलब्ध नहुँदा नयाँ खेलाडी अनुबन्ध गरिएको हो ।
प्रतिक्रिया 4