
काठमाडौं । कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्याउने उद्देश्यका साथ एससीटी–यूपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ ।
१ पुस शुक्रबारदेखि औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुरु गरेको बैंकले जनाएको छ ।
बैंकका नायब महाप्रबन्धक लालबहादुर थिङ र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत विकाश ढुंगाना, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य गर्ने सम्झौता पनि भएको छ । बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ ।
प्रतिक्रिया 4