+
+

दुर्व्यवहार आरोपी प्रधानाध्यापकले गरे प्रहरीसमक्ष आत्मसमर्पण

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १७:१६

४ पुस, काठमाडौं । छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका टोखा नगरपालिका–१०, सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

एकजना छात्राले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएपछि भट्टराईविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । प्रहरीले उनको खोजी थालेपछि भट्टराई आफैं आइतबार प्रहरी कार्यालय पुगेको महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीले बताए ।

उनका अनुसार सोमबार भट्टराईलाई हिरासतमा राखेर थप अनुसन्धान गर्नका लागि म्याद माग्न अदालतमा उपस्थित गराइएको छ । विद्यालयमा अध्ययनरत एक छात्राले भट्टराईले आफूलाई ७ भदौमा कार्यकक्षमा बोलाएर ढाड छुने, मुसार्नेलगायतका क्रियाकलाप गरेको भन्दै प्रहरीसमक्ष किटानी जाहेरी दिएकी थिइन् ।

विद्यालयका एक जना छात्राका अनुसार प्रधानाध्यापक भट्टराईले पीडितलाई सकभर कोही नभएका बेला बोलाउने, कार्यकक्षमा भएका अरुलाई बाहिर पठाएर दुर्व्यवहार गर्ने गरेका थिए । उनका अनुसार अहिले एकजनाले मात्र प्रहरी कहाँ जाहेरी दिए पनि कक्षा ८, ९ र १० का अरु विद्यार्थी पनि भट्टराईबाट पीडित छन् ।

‘शारीरिक सम्पर्कको अनुभव लिएको छ कि छैन, यौन सम्पर्क गर्ने उमेर हो भन्दै दुर्व्यवहार गर्ने गरेका छन्’, जाहेरीमा भनिएको छ । विद्यार्थीले प्रधानाध्यापकमाथि कारबाही गर्न माग राख्दै विद्यालयमा प्रदर्शनसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?