
काठमाडौं । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित आगामी फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ । विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको फिल्मले दम्पतीबीच सम्बन्धमा प्रेमसँगै आउने असमझदारी र मनमुटावको कथा भन्छ ।
वयोवृद्ध उमेरको भूमिकामा देखिएका विपिनको अपोजिटमा अरुणा छिन् । यी दुईबीचको कथामा प्रियंका कार्की, गौमाया गुरुङ, दयाहाङ राई, शिल्पा मास्के, सोमनाथ खनाल र अनुपम शर्मा पनि चित्रित छन् ।
उपेन्द्र सुब्बाको पटकथा र किशोर मलपानीको कथा रहेको फिल्मले अभिभावक र सन्तानबीचको सम्बन्धको कथा पेस गर्छ । अमेरिकी छायांकार जोश हेरमको क्यामेरा रहेको फिल्म फागुन ५ गतेदेखि प्रदर्शन हुँदैछ ।
कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्म यशोधा फिल्म्सको ब्यानरमा निर्माण भएको हो । रामबाबुले धेरैपछि आफ्नो ब्यानरबाट बाहिरको प्रोजेक्टको रुपमा फूलबारी निर्देशन गरेका हुन् ।
प्रतिक्रिया 4