
काठमाडौं । सलोन बस्नेतलाई विवाह फापेजस्तो देखिन्छ । उनी एकपछि अर्को फिल्ममा अनुबन्धित हुन थालेका छन् ।
उनका बुवा तथा निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘जय हो’को निर्देशकमा सलोन यसअघि नै फाइनल छन् । यो फिल्मलाई टेक पौरखी राईले निर्देशन गर्ने भएका छन् ।
गत महिना रिलिज भएको फिल्म ‘मिलन’पछि निर्देशक राई र अभिनेता बस्नेतबीच दोस्रोपटक सहकार्य हुन लागेको हो । सोमबार निर्माण कम्पनी सलोन-सलिना फिल्म्स र निर्देशक राईबीच लिखित सम्झौता भएको छ । चित्रकार समेत रहेका राईका चित्र विदेशमा समेत बिक्री हुने गरेका छन् ।
माघ अन्तिम सातादेखि छायांकन सुरु हुने फिल्मलाई काठमाडौं, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा खिचिने भएको छ । फिल्मका अन्य कलाकार चाँडै फाइनल गरिने जनाइएको छ ।
एक्सन लभस्टोरी फिल्ममा सागर आले मगरले संगीत भर्नेछन् । सागर ‘नेपाल आइडल सिजन १’का थर्ड रनरअप हुन् । ‘जय हो’मा राज अधिकारी र सुरज सरकारले लगानी गर्नेछन् ।
प्रतिक्रिया 4