+
+

काठमाडौंमा नवीकरणीय ऊर्जा सम्मेलन सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १०:५६

४ पुस, काठमाडौं । नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने राष्ट्रिय लक्ष्य प्राप्त गर्ने उद्देश्यसहित ३ र ४ पुसमा आयोजित सम्मेलनको मुख्य नारा ‘१०० प्रतिशत नवकरणीय ऊर्जा : नीति, अभ्यास र अनुभव’ रहेको थियो ।

सम्मेलनले नवीकरणीय ऊर्जा प्रयोगका लागि थप राजनीतिक प्रतिबद्धताको आवश्यकता रहेको औल्याएको छ ।

सम्मेलन आयोजक मध्येको प्रकृति रिर्सोसेस् सेन्टरका कार्यक्रम निर्देशक राजु पण्डितका अनुसार विकासोन्मुख देशमा नवीकरणीय ऊर्जाको प्रयोग निक्कैकम रहेको छ । नवीकरणीय ऊर्जा प्रयोगको उच्च सम्भाव्यता भए पनि विकासोन्मुख देशहरुमा यसको प्रयोगलाई बढाउन राजनीतिक क्षेत्रबाट नै पहल हुनु पर्ने विषयलाई अधिकांश सहभागीहरुले जोड दिएको उनले बताए ।

सम्मेलनमा नेपालको संघीय, प्रादेशिक र स्थानीय सरकारका ऊर्जा सम्बद्ध सरोकारवाला निकायहरू, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय/राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूसँगै दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अफ्रिका र युरोपका १६ देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

७० जना जनाको सहभागिता रहेको सम्मेलनमा बंगलादेशको ऊर्जा तथा खनिज मन्त्रालयका दीगो ऊर्जा विज्ञ सिद्धिकी जुबेर, भुटानको आर्थिक व्यवस्थापन मन्त्रालय अन्तर्गतको ऊर्जा विभागका प्रमुख डिकेन लामा, युगान्डाको ऊर्जा तथा खनिज विकास मन्त्रालयका ऊर्जा अधिकृत ओचेट मार्क लाजारुस लगायतका सम्बन्धित देशका सरकारी प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

विकासोन्मुख देशहरुमा नवीकरणीय ऊर्जा प्रयोगलाई बढाउन आर्थिक लगानी बढाउनु पर्ने, नवीकरणीय ऊर्जाका लागि प्राविधि र आर्थिक क्षमता विकासमा कार्य गर्नु पर्ने लगायतका विषयमा सम्मेलनले जोड दिएको छ ।

नवीकरणीय ऊर्जा प्रयोगलाई बढाउनका लागि विभिन्न देशहरुले चालेका कदमहरु सकारात्मक रहेको र खनिज इन्धन कटौती गर्न समेत हरेक देशले लक्षित कार्य योजना बनाउनु पर्ने विषयमा जोड दिइएको थियो ।

सम्मेलनको आयोजना वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र, विश्व वन्यजन्तु कोष र प्रकृति रिर्सोसेस् सेन्टरले संयुक्त रुपमा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?