+
+

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १८:०१

काठमाडौं । सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । काठमाडौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको साउथ एसियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) को एक कार्यक्रममा प्राइभेट बैंकतर्फ सनराइज बैंकले ‘वेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवाड्स २०२१’ बाट सम्मानित भएको हो ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले सो प्रमाणप्रत्र ग्रहण गरेकी हुन् ।

साफाले उक्त दिन विभिन्न १६ वटा विधाहरुमा अवार्ड प्रदान गरेको थियो । दक्षिण एसियाली देशहरुबाट प्रस्तुत गरेको वार्षिक प्रतिवेदनहरुलाई सो संस्थाको समितिले मूल्यांकन गरी अवार्डका लागि छनोट गर्ने गरेको हो ।

बैंकले अपनाउँदै आएको पारदर्शिता, जवाफदेहिता तथा सुशासन प्रस्तुतिका आधारमा वार्षिक प्रतिवेदनको मूल्यांकन गरी दिइँदै आएको यस अवार्डलाई दक्षिण एसियामा निकै प्रतिष्ठित अवार्ड मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?