
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२३ आउन एक साताभन्दा बढी समय बाँकी छ भने क्रिसमस आउन तीन दिन । यो छेकोमा संसारका चर्चित संगीतकर्मीले नेपालमा सांगीतिक प्रस्तुति दिंदैछन् ।
रात्रिकालीन व्यवसायीले अन्तर्राष्ट्रिय संगीतकर्मीलाई निम्तो दिंदै धमाधम लाइनअप सार्वजनिक गरिरहेका छन् । न्युइयर इभ मनाउन नेपाली संगीतकर्मीले प्रस्तुति दिने त भइहाले ।
यो मेसोमा चर्चित भारतीय र्यापर डिनो जेम्सले क्लब प्लाटिनममा क्रिसमसको दिन अर्थात् पुस १० गते कन्सर्ट गर्दैछन् । ‘द बिगिनिङ टुर’ नाम दिइएको यो कार्यक्रममा जेम्सले आफ्ना चर्चित ट्रयाक गाउँदैछन् ।
सन् २०१६ मा आफ्नो पहिलो एल्बम ‘लुजर’ सार्वजनिक गरेका उनले सार्वजनिक गरेको एल्बम ‘डी’ चर्चित रह्यो । उनी स्पटीफाइमा समेत लोकप्रिय छन् । आउने शनिबार पोखरामा अन्तर्राष्ट्रिय संगीत महोत्सव हुँदैछ, जहाँ अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रस्तुति दिंदैछन् । बेलायत, भारत र हङकङका गायक समेत फेस्टिभल लाइनअपमा छन् ।
बेलायतबाट जेड बायस, भारतबाट सोहेल अरोरा ‘रफिकी’ र दिव्यश्री घोष ‘आयना’, हङकङबाट डिजे जोनले प्रस्तुति दिने निश्चित भएको छ । चर्चित नेपाली इलेक्ट्रिक मिक्स कलाकारहरु शैलेन्द्र राई, सुरक्षा मल्ल, फोसिल, एभरेष्ट क्रिउ, डीजे कान्छी, डिजे विश्वास र दिमित्रीले प्रस्तुति दिने कार्यक्रम छ ।
यो कार्निभलमा संगीतका अलग जनरा जस्तै इलेक्ट्रोनिक, हिपहप र रक लगायतका गीत प्रस्तुत हुने जनाइएको छ । आयोजक डेफ्ट इभेन्ट्सका रिषभ श्रेष्ठले दर्शकलाई अलग स्वाद दिन राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारलाई ल्याउन लागिएको बताए ।
प्रतिक्रिया 4