+

विराटनगर सुपर किंग्सको कप्तानमा आन्द्रे म्याककार्थी

२०७९ पुष  ६ गते १७:५४ २०७९ पुष ६ गते १७:५४
विराटनगर सुपर किंग्सको कप्तानमा आन्द्रे म्याककार्थी

७ पुस, काठमाडौं । नेपाल टी-२० लिगमा विराटनगर सुपर किंग्सको कप्तानी वेष्ट इन्डिजका आन्द्रे म्याककार्थीले गर्ने भएका छन् ।

विराटनगरले बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै टिम लिस्ट र जर्सी सार्वजनिक गर्दै कप्तान समेत घोषणा गरेको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल भने विराटनगरको उपकप्तानमा छन् । रोहित र जिम्बावेका अनुभवी अलराउण्डर सिकन्दर राजालाई छाड्दै म्याककार्थीलाई कप्तानी दिइएको छ ।

३५ वर्षीय म्याककार्थीले वेस्टइन्डिजबाट जम्मा एक टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् भने पाँच रन मात्र बनाएका छन् । उनले सन् २०१८ मा पाकिस्तान विरुद्ध खेलेका थिए । दुई ओडीआईमा १५ रन बनाएका छन् ।

विराटनगरले क्याकमार्थीको कप्तानी १७ सदस्यीय टोली सार्वजनिक गरेको हो । जसमा वेष्ट इन्डिजकै किओन जोसेफ, राज रोक्की नान्नन पनि छन् ।

सिकन्दर राजा, पाकिस्तानका हुसेन तलत र अमेरिकाका गौरन्शु शर्मा विदेशी खेलाडीका रुपमा छन् । यस्तै विराटनगरको मुख्य प्रशिक्षकमा लिन्डेन फ्रेजर छन् ।

रोहितकुमार पौडेल मार्की प्लेयर रहेको विराटनगरको टिममा राष्ट्रिय टिमकै अर्जनु साउद, नन्दन यादव लगायत छन् ।

विराटनगरले आफ्नो पहिलो खेल आगामी शनिवार लुम्बिनी अल स्टार्ससँग खेल्नेछ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने लिगमा ६ टिमको सहभागिता हुनेछ । उद्घाटन खेल आउने शुक्रबार काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

विराटनगर सुपर किंग्स

रोहित कुमार पौडेल (मार्की प्लेयर) अर्जुन साउद, नन्दन यादव, विवेक यादव, शाहब आलम, नारायण जोशी, सूर्य तामाङ, अमर सिंह राउटेला, प्रदिप ऐरी, पृथु बास्कोटा र रिजन ढकाल ।

विदेशी खेलाडी : आन्द्रे म्याककार्थी (कप्तान), सिकन्दर राजा, हुसेन तलत, गौरन्शु शर्मा, किओन जोसेफ, राज रोक्की नान्नन ।

नेपाल टी-२० लिग विराटनगर सुपर किंग्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय