
६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकामा ५ विभागीय प्रमुखहरु हेरफेर भएका छन् ।
महानगरका अनुसार महानगरको सामाजिक विकास विभागका दीपक अधिकारी प्रशासन विभागमा आएका छन् भने वित्त विभागका यादव घिमिरे आन्तरिक लेखा परीक्षण विभागमा सरुवा भएका छन् ।
विभागकै गोपाल पोखरेललाई सामाजिक विकास विभागमा, नुरनिधि न्यौपाने मेयरको सचिवालय तथा विभागीय प्रमुखमा र सहायक प्रवक्ता रहेका प्रशासन विभागका महेश काफ्लेको सार्वजनिक निजी साझेदारी कार्यक्रम (पीपीपी) सरूवा भएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृतमा बसन्त अधिकारी आएपछि महानगरका विभिन्न विभागहरुको नियमित रिर्पोटिङ हुन थालेको थियो । अधिकारीले कार्यसम्पादन सम्झौता अनुसार काम नगर्ने विभागीय प्रमुखहरुलाई सजग हुन निर्देशन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4