+
+

गण्डकीमा मित्रलालले गराउनेछन् सांसदलाई शपथ, मन्त्री थापाभन्दा २ दिन जेठा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १९:०७
मित्रलाल बस्याल

६ पुस, पोखरा । गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालका लागि चुनिएका सांसदमध्ये २ जना समान ६५ वर्षका छन् । कानुनमन्त्रीसमेत रहेका कांग्रेस सांसद विन्दुकुमार थापाभन्दा पर्वतबाट चुनाव जितेका एमाले सांसद मित्रलाल बस्याल २ दिन जेठा भएकाले उनैले शपथ खुवाउने र पहिलो बैठकको अध्यक्षता गर्नेछन् ।

६० सदस्यीय प्रदेश सभामा १३ गते मित्रलालले प्रदेश प्रमुखसँग शपथ लिनेछन् र त्यसको भोलिपल्ट अरु सांसदलाई उनलै शपथ खुवाउने प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए । ‘१४ गते गण्डकीका सांसदलाई बस्यालले सपथ खुवाउने तय भएको छ,’ पोखरेलले भने, ‘भोलि (७ गते) सबै निर्वाचन सांसदलाई जानकारी पठाउँछौं ।’

प्रदेश प्रमुखसँग शपथ खुवाउने विषयमा समन्वय भइरहेको उनले बताए । पहिलो बैठक कहिले बस्छ भन्ने निर्णय भइसको छैन तर बैठकको अध्यक्षता बस्यालले नै गर्ने भएका छन् ।

संविधानको धारा १८३ (१) अनुसार प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ ।

प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सभामुख, उपसभामुखको निर्वाचन नभएसम्म संसदको अध्यक्षता बस्यालले गर्ने छन् ।

यसअघि एमाले माओवादीको संयुक्त सरकार बन्दा संसदमा सभामुख माओवादीका तर्फबाट नेत्रनाथ अधिकारी र एमालेका तर्फबाट उपसभामुख सिर्जना शर्मा बनेका थिए ।

गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी ८ राप्रपाका २ र स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी छिरेका राजीव गुरुङ (दीपक मनाङे) सहित ६० सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?