
११ पुस, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई र कार्यपालिका सदस्यहरुबीचको विवाद समाधान भएको छ ।
विवाद समाधान भएपछि नगरकार्यपालिका बैठक सौहार्दपूर्ण वातावरणमा सुरु भएको छ
कार्यपालिका सदस्यहरुले गत कात्तिक १७, २४ र मंसिर २९ गते बोलाएको बैठक बहिष्कार गरेका थिए ।
यसअघि धरान उपमहानगरपालिकामा कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेको भन्दै नगर प्रमुख हर्कराज राईले नैतिकताका आधारमा राजीनामासमेत माग गरेका थिए ।
उपमेयर अइन्द्रविक्रम बेघाले कार्यपालिका सदस्य र मेयरबीच बैठक बस्ने सहमति निर्माण गरेपछि सोमबार नगरकार्यपालिका बैठक बसेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4