
१२ पुस, काठमाडौं । नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरको सेवासुविधा र तलबभत्ता कति होला ? सबैलाई यसबारे जिज्ञास लाग्न सक्छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र अन्य सेवासुविधा हेर्दा प्रतिमहिना ४ लाख ८ हजार ७७१ रुपैयाँ २५ पैसा प्राप्त गर्ने देखिन्छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीलाई १४ लाख १८ हजार ४०० रुपैयाँ तलब र ३ लाख ५ हजार बैंठक भत्ता र अन्य सेवा सुविधा सहित ४९ लाख ५ हजार २५५ रुपैयाँ भुक्तानी गरेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख्य छ ।
गत आर्थिक वर्षमा राष्ट्र बैंकको दुवै जना डेपुटी गभर्नरले १२ लाख ६९ हजार ६०० रुपैयाँ तलब लिएका छन् । यस्तै डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले बैठक भत्ता २ लाख ७३ हजार बैठक भत्ता सहित गत आर्थिक वर्षमा कुल ४२ लाख ६० हजार ११३ रुपैयाँ भुक्तानी लिएकी छन् ।
अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले पनि १२ लाख ६९ हजार ६०० रुपैयाँ तलब, २ लाख ९६ हजार रुपैयाँ बैठक भत्तासहित गत आर्थिक वर्षमा सेवा सुविधा वापत १२ लाख २ हजार १७ रुपैयाँ प्राप्त गरेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
७ सदस्यीय राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर र डेपुटी गभर्नरबाहेक अन्य चार सदस्य हुन्छन् । अर्थसचिव पनि राष्ट्र बैंक सञ्चालक हुने व्यवस्था रहेको छ । अन्य तीन जना सञ्चालक भने नेपाल सरकार मन्त्रिपरिषद्ले नियुक्त गर्छ ।
अर्थसचिव सहित अन्य तीन जना सञ्चालकले भने तलब पाउँदैनन् । तर उनीहरुले बैठक भत्तासहित अन्य सुविधा भने प्राप्त गर्छन् । गत आव २०७८/७९ मा राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नर तलबमा ३९ लाख ५७ हजार ६०० रुपैयाँ भुक्तानी भएको छ । यस्तै सञ्चालकको बैठक भत्ता १८ लाख ९५ हजार र सञ्चालकहरुको अन्य सेवा सुविधा वापत १ करोड १३ लाख १ हजार ३११ रुपैयाँ भुक्तानी भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षमो राष्ट्र बैंकले गभर्नर र डेपुटी गभर्नको तलब तथा सञ्चालकको बैठक भत्ता सहित सेवासुविधा वापत १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ भुक्तानी गरेको छ ।
हेर्नुहोस् तलबभत्ताको सूचीः
नाम | पद | तलब रु. | बैंठक भत्ता रु. | अन्य सेवा सुविधा रु. |
महाप्रसाद अधिकारी | गभर्नर | १४ लाख १८ हजार ४०० | ३ लाख ५ हजार | ३१ लाख ८१ हजार ८५५ |
मधुकुमार मरासिनी | अर्थ सचिव | – | २ लाख ५८ हजार | ४ लाख ८५ हजार ४२५ |
शिशिरकुमार ढुंगाना | अर्थ सचिव | – | १० हजार | ३१ हजार २३८ |
निलम ढुंगाना (तिम्सिना) | डेपुटी गभर्नर | १२ लाख ६९ हजार ६०० | २ लाख ७३ हजार | २७ लाख १७ हजार ५१३ |
बमबहादुर मिश्र | डेपुटी गभर्नर | १२ लाख ६९ हजार ६०० | २ लाख २ लाख ९६ हजार | २६ लाख ३६ हजार ४१७ |
चिन्तामणी शिवाकोटी | सञ्चालक | – | ९० हजार | ३५ हजार ५६४ |
डा. शंकरप्रसाद आचार्य | सञ्चालक | – | ९० हजार | २३ हजार ४१२ |
श्रिराम पौडेल | सञ्चालक | – | २ लाख ६ हजार | ११ लाख ३२ हजार ३५४ |
रामजी रेग्मी | सञ्चालक | – | २ लाख १५ हजार | ३ लाख ६२ हजार ०१९ |
डा. सुवोधकुमार कर्ण | सञ्चालक | – | १ लाख ५२ हजार | ६ लाख ९५ हजार ५१६ |
प्रतिक्रिया 4