
काठमाडौं । अभिनेता कार्म केही महिनादेखि फ्रान्समा छन् । जहाँ उनले अभिनय गरेको एक फ्रान्सेली फिल्मको छायांकन भर्खरै सकिएको छ ।
‘सिम्फोनी अफ ह्यामर’ नामक उक्त फिल्मको छायांकन कर्सिका नामक फ्रान्सको टापुमा सकिएको हो । पेरिसबाट अनलाइनखबरसँग कुरा गर्दै कार्मले आफूले उक्त फिल्ममा एक पिताको भूमिका निर्वाह गरेको बताए ।
नेपालबाट बसाइ सरेर फ्रान्स पुगेको एक परिवारको कथा र गर्ने संघर्षलाई फिल्मले चित्रण गर्छ । फ्रान्सेली फिल्ममा समेत चर्चित सम्पादक मार्क गुरुङले निर्देशन गरेको फिल्ममा कार्मसहित सोफिया गुरुङको समेत अभिनय छ ।
सोफियाको पिताको भूमिकामा कार्म देखिएका छन् । यसबाहेक कार्मले केही नाम चलेका फिल्मका लागि अडिसन पनि दिइरहेका छन् । ‘तीन-चारवटा ठूला प्रोडक्सन हाउसमा अडिसन दिएँ र केहीमा दिंदैछु,’ उनले भने ।
कार्मले मंगलबार मात्र पेरिसको एक चर्चित होटल ‘बिस्ट्रोट ल रेनसाँ’को तस्वीर सेयर गरेका छन्, जहाँ क्वान्टिन टारान्टिनोसहितका चर्चित हलिउड निर्देशकका फिल्म छायांकन भएका छन् ।
प्रतिक्रिया 4