
१३ पुस, काठमाडौं । जनकपुरधामदेखि जयनगरसम्म चल्ने रेलले चेपिएर एक जनाको मृत्यु भएको छ ।
जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले चेपिएर धनुषाको नगराइन नगरपालिका- २ का ३५ वर्षीय पुरन सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विदेह नगरपालिकास्थित विदेही स्टेशनमा रेल चढ्न लागेको अवस्थामा रेलको लिकमा खुट्टा फसेर उनको मृत्यु भएको हो ।
गुडिसकेको रेलमा जबर्जस्ती चढ्न लाग्दा खुट्टा फसेर तल रेल्वे लिकमा किचिएको रेल्वे महाप्रबन्धक निरञ्जन झा बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4