+

नेपाल टी-२० लिग : सुपर ओभरमा लुम्बिनीले फार वेष्टलाई हरायो

२०७९ पुष  १३ गते १४:२० २०७९ पुष १३ गते १४:२०
नेपाल टी-२० लिग : सुपर ओभरमा लुम्बिनीले फार वेष्टलाई हरायो

१३ पुस, काठमाडौं । नेपाल टी-२० लिगको पहिलो सुपर ओभर खेलमा लुम्बिनी अल स्टार्स विजयी भएको छ । उसले फार वेष्ट युनाइटेडलाई सुपर ओभरमा पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको भएको खेलमा फार वेष्ट र लुम्बिनी अल स्टार्सले समान १३७ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

जहाँ लुम्बिनीले पहिले ब्याटिङ गर्दै १९ रन बनाउँदा जवाफमा फार वेष्टले १० रन मात्र बनाउन सक्यो ।

त्यसअघि १३८ रनको लक्ष्य पछ्याएको लुम्बिनी अल स्टार्सले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएपछि स्कोर बराबरी भएको थियो । अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि ५ रन चाहिएको थियो ।

तर फार वेष्टका करण केसीको बलिङमा लुम्बिनीले ४ रन मात्र जोड्न सक्यो ।

अल स्टार्का लागि गुल्शन झाले ४ बलमा ३ चौका र १ छक्का प्रहार गरी अविजित ३६ रन बनाएका थिए । ओपनर लहिरु मिलान्थाले ३४ रन बनाए ।

यस्तै विपुल शर्माले ३१ रन योगदान गरे ।

फार वेष्टका करण केसी र शेर मल्लले २-२ तथा रासिद खान, उमाइर अली, हशमतुल्लाह शाहिदी र भुवन कार्कीले समान १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको फार वेष्ट युनाइटेडले ६ विकेट गुमाएर १३७ रन बनाएको थियो । फरा वेष्टका लागि ओपनर देव खनालले सर्वाधिक ४८ रन बनाउ ।

यस्तै कप्तान हशमतुल्लाह शाहिदीले ३२, भीम सार्कीले १५ तथा हासिम अन्सारी र विनोद भण्डारीले समान ११ रन जोडे ।

लुम्बिनीका साड्ली भान साल्कवाउकले २ तथा हर्मित सिंह, किशोर महतो र सागर ढकालले समान १ विकेट लिए ।

नेपाल टी-२० लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय