१४ पुस, काठमाडौं। स्पेनिस क्लब कासेरेन्योसँगको खेलमा काठमाडौं ११ पराजित भएको छ ।
काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा काठमाडौं ११, २-१ ले पराजित भएको हो ।
हिजो पोखरामा गण्डकी ११ लाई हराएको कासेरेन्योलाई काठमाडौंमा पनि जिताउन अल्भारो र डेबिडले गोल गरे । अल्भाराले ४० औं मिनेटमा र डेबिडले ८३ औं मिनेटमा स्पेनिस टोलीका लागि गोल गरेका थिए ।
काठमाडौं ११ का लागि ८६ औं मिनेटमा एक गोल फर्काए पनि त्यो गोल हार टार्नका लागि प्रयाप्त भए ।
लुम्बिनी गार्डेन फाउन्डेसनले नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका लागि स्पेनको दोस्रो डिभिजनको क्लब कासेरेन्योलाई नेपाल ल्याएको हो ।
तस्वीरहरु :
प्रतिक्रिया 4