+
+

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते ९:४४

१५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो ।

हिजोमात्र बसेको सत्ता गठबन्धनको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो ।  सोही बैठकले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने निर्णयसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?